अधिकारवादी सुभाष दर्नालको अमेरिकामा निधन

Read Time:1 Minute, 6 Second

 

अधिकारवादी सुभाष दर्नालको अमेरिकामा कार दुर्घटनामा परेर निधन भएको छ । वासिङटन डिसीस्थित डलास अन्तराष्ट्रिय विमानस्थलमा साउन ३० गते निधन भएको हो ।  उनको शव प्रहरीले वेस्ट भर्निनियास्थित रेस्टोन अस्पतालमा लगेर राखेका छन् ।

समता फाउन्डेसनका अध्यक्ष दर्नाल पाल्पा मुझुङ गाविसका स्थायी वासिन्दा हुन । दलित अधिकारको क्षेत्रमा काम गर्दै आएको जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष तथा शान्तिका लागि सहकार्य कोक्यापको पनि पूर्व अध्यक्ष थिए ।  

दर्नाल क्यालिफोर्नियास्थित स्ट्यान्फोर्ड युनिभसर्िटीमा समर रिसर्चका लागि पुगेका अमेरिका गएका थिए । ३१ वर्षीय दर्नालको श्रीमती र एक छोरी छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %