झण्डै चार लाख नेपाली जनताबाट ६०० करोड रुपियाँ भन्दा बढी ठगी गरेको बहुचर्चित युनिटी इन्टरनेशनल नेटवर्क नामक ठग कम्पनीको लेखा परिक्षण गरेका दुई जना कारवाहीमा परेका छन् । ठगहरुसँग करोडौं रुपियाँ लिएर झुठ्ठो लेखा परिक्षण गरेका चार्टड एकाउन्टेन्ट जनक बराल र लेखापरिक्षक रविप्रकाश कार्की कारवाहीमा परेका हुन ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था आईक्यानले बराललाई एक वर्ष र कार्कीलाई ९ महिनासम्म काम गर्न अयोग्य घोषित गरेको हो । ठगी गरेको भनेर जाँन्दा जाँन्दै मोटो रकम लिएर झुठो लेखा परिक्षण गरेका उनीहरुलाई कारवाही गर्नु परेको आईक्यानको निश्कर्ष छ ।
भीम गुरुङ्ग, नेत्र राजवंशी, इन्द्र विक, शिशिर योगीहरु भने पुर्पक्षका लागि थुनामा छन् । तर युनिटी नामक ठग कम्पनीमार्फत अर्बौं रुपियाँ लुटेका समूहका मतियार काशीराम गुरुङ्ग प्रसाद, विष्णु क्षेत्री, कृष्ण क्षेत्री नेपाल प्रहरीको मोस्टवान्टेड सूचिमा छन् ।
उनीहरुले ठगेका रु ६ अर्ब मध्ये ४ अर्ब आदिवासी जनजाति र दलित समुदायका जनताको रहेको अनुसन्धान टोलीले जानकारी दिएको छ ।

