आफूहरुलाई सभासदबाट हटाएको विरोधमा राजकुमार नाल्बो लिम्बु र केशवप्रसाद मैनालीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले विपक्षीको नाममा आदेश जारी गरेको छ । रिटमा विपक्षी बनाइउको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग व्यवस्थापिका संसद सचिवालय र निर्वाचन आयोगलाई अर्को आदेश नभएसम्म सभासद नियुक्त गर्न अदालतले आदेश जारी गरेको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका सभासद नाल्बो र चुरेभावर राष्ट्रिय पार्टीका मैनालीलाई पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेको भन्दै पदबाट हटाइएको विरोधमा उनीहरुले साउन २६ गते रिट दायर गरेका थिए । अदालतका न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
अदालतले भदौ ५ गते दुवै पक्षबीच बहस गर्न पेसी तोकेको छ ।
