संविधान र शान्ति ल्याउन नसकेपछि राजिनामा दिएँ-प्रधानमन्त्री खनाल

Read Time:1 Minute, 21 Second

प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानको ग्यारेन्टी गर्न नसकेपछि आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्रीले राष्ट्रपति डा। रामवरण यादवलाई साउन २९ गते साँझ राजिनामा प्रस्तुत गरेका हुन ।

गत माघ २० गते एमाओवादी अप्रत्यासी समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष खनालले शान्ति संविधान र राष्ट्रिय सहमतिका दिशामा प्रगति नभएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

कामचलाउ प्रधानमन्त्रीको हकमा उनले साउन ३० गते व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साउन २८ गते भित्र राजिनमा दिने घोषणा गरेका खनालले एक दिन ढिलो राजिनामा दिएका हुन ।

यसैबीच राष्ट्रपति अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधाराउपधारा ९ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सचालन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %