
एमाओवादीसम्बद्ध राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तथा सभासद तिलक परियारले ‘माक्स्रवाद दलित र विशेषाधिकार’ नामक पुस्तक बजारमा ल्याएका छन् । रत्नमाया दलित साहित्य संरक्षण समितिले प्रकाशन गरेको पुस्तक एमाओवादी उपाध्यक्ष उपाध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिक गरेका हुन ।
भट्टराइले दसवर्षे युद्धमा दलित समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले दलित समुदायका समस्यालाई आगामी संविधानमा सुनिश्चित गर्न आवश्यक रहेको बताए ।
सभासद् तथा साहित्यकार विश्वभक्त दुलाल आहूतिले पुस्तकमा माक्स्रवादसँग जोडिएका दलित अधिकारलाई स्पष्ट पारिएको र एनेकपा माओवादीको युद्ध तथा पार्टी नीतिलाई सम्बोधन गरिएको दाबी गरे ।
कार्यक्रममा लेखक परियारले पटक पटकको राजनीतिक परिवर्तनपछि पनि दलितहरुको समस्या जहाँकोतँही रहेको बताए । मुक्ति मोर्चाका केन्द्रीय प्रकाशन विभाग संयोजक पदम सुन्दासले पुस्तकले नेपाली दलित आन्दोलनको पिडा समेटिएको धारणा राखे ।
