
पर्वत जिल्लाको पिपलटारी गाविसका कृष्ण तिवारीले आफ्नै दुई छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । साउन २७ गते पत्रकार सम्मेलनमार्फत तिवारीले ८ वर्षीय नमुना र ६ वर्षीय नबिनाको हत्या गरेको सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको भिडियो तिवारीले दुबै छोरीको हत्या कबुल गरेका छन् । आर्थिक अवस्थाका कारण राती सवा १० बजे घर नजिकैको मोदिखोलामा लगेर दुबै छोरीलाई जिउँदै बगाएको बयान दिएको प्रहरीको दाबी छ ।
नमुना र नबिनकी आमा रोजगारीका लागि इजरालयमा केही वर्षदेखि इजरायलमा छिन् । कृष्ण शुरुमा साउन १५ गते छोरीहरु अपहरण परेको बयान दिँदै आएका थिए ।
