एनेकपा माओवादीबाट मन्त्री बनेकाहरुले साउन २६ गते सम्पत्ति विवरण बुझाएका छन् । पश्चिम नेपालका प्रख्यात जमिन्दार विज्ञान तथा प्रविधि मन्त्री लेखराज भट्ट र राज्य तथा पुर्ननिर्माण मन्त्री पम्फा भुसालले भने सम्पत्ति विवरण बुझाएका छैनन् ।
सरकारमा पार्टीको नेतृत्व गरेका नवमाओवादी नारायणकाजी श्रेष्ठसहितका मन्त्रीहरुको सम्पत्ति विवरण
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा जौवारी-६ मा ३८ रोपनी जग्गा र एउटा जीप
सचारमन्त्री पोष्टबहादुर बोगटी नुवाकोट तुप्चेमा एउटा घर, चार रोपनी जग्गा, एक तोला सुन र एउटा गाडी
महिलामन्त्री जयपुरी घर्ती रोल्पा राङ्सीमा एउटा घर, ४० रोपनी जग्गा, दुई तोला सुन र रु चार लाख नगदा, दुई भैंसी, पाँच बाख्रा र तीन गोरु
स्वास्थ्यमन्त्री लोकेन्द्र विष्ट मगर एउटा घर , १० रोपनी जग्गा र एउटा सहकारीमा रु. ५८०० नगद
उद्योगमन्त्री महेन्द्र पासवान सिरहा मझौलिया एउटा घर, एक रोपनी जग्गा, रु एक लाख नगद, तीन तोला सुन र १५ तोला चाँदी
भौतिक योजना राज्यमन्त्री देवी खड्का स्कुटर, ल्याटप, तीन वटा बैंकमा रु ४३०००
