रोजी मर्हजनका हत्यारालाई कारवाही गराउन साउन २७ गते ललितपुर बन्द

Read Time:1 Minute, 53 Second

रोजी महर्जनलाई झुठो प्रेमको नाटक रचेर हत्या गरेका बानेश्वर बस्ने सुभाष उप्रेतीलाई कारवाहीको माग गर्दै ललितपुर बन्द आव्हान गरिएको छ । ज्यापु समाज यल ललितपुरले स्थानीय रोजी महर्जनको अपहरण र हत्यापछि फिरौटी समेत मागेका अपराधीलाई कारवाही गराउन साउन २७ गते ललितपुर बन्द आव्हान गरेको हो ।

रोजी ज्यापु समाजका सदस्य गोविन्द महर्जनी छोरी हुन । ज्वागल निवासी महर्जनकी छोरी रोजीलाई साउन २० गते सुभाष उप्रेतीले कन्चटमा पेस्तोल हानेर मारेको महानगरीय प्रहरीले साउन २५ गते खुलासा गरेको थियो । ललितपुरको धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा बिबिए अध्ययनरत थिइन ।

घटनाको विरोधमा स्थानीयवासीले साउन २६ गते कुपन्डोल पुल्चोक पाटन क्षेत्रमा चक्का जाम गरेको थियो । हत्यापछि उप्रेतीले रोजीकै मोवाइलबाट गोविन्द महर्जनसँग रु ३० लाख फिरौटी मागेका थिए । उप्रेतीले रोजीलाई मार्न केही मतियारहरुको सहयोग लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 

 

थप समाचार

बाहुन प्रेमीले फेरी मारे सोझी जनजाति चेली

बाहुन प्रेमीका कारण फेरि मारिइन सोझी मगर्नी

जनजाति चेलीको हत्यारा उप्रेतीलाई कारवाहीको माग गर्दै आन्दोलन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %