नेपाली काँग्रेस सुनसरी जिल्ला सिँगिया गाविसका सभापति कल्याण थापालाई हत्या गरेको अभियोगमा प्रहरीले थापाकै छिमेकी रत्बहादुर भण्डारीलाई पक्राउ गरेको छ । ६५ वर्षीय भण्डारीले थापालाई साउन २५ गते खुकुरी प्रहार गरेर मारेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका भण्डारीले आफ्नो घर नजिक कोही भाग्दै गरेको देखेर खुकुरी प्रहार गर्दा थापालाई लाग्न पुगेको स्विकारेको प्रहरी निरीक्षक विपीन गौतमले जानकारी दिएका छन् । खुकुरीले पिँडौला गहिरो चोट लागेका ४१ वर्षीय थापाको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैँजादै गर्दा मृत्यु भएको थियो ।
यसैवीच हत्या भएको खबर पाएपछि काङगे्रस कार्यकर्ताले भण्डारीको घर घेरेका थिए ।
