मरेको गाई खान खोज्नेहरुलाई वेपत्ता पार्ने षडयन्त्र शुरु

Read Time:1 Minute, 50 Second

मरेको गाईको मासु खानालाई काटिरहेको निहु बनाएर बाँके जिल्लामा तीनजना पक्राउ गरे पनि  उनीहरुको नाम गोप्य राखेको छ । इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज राजकुमार पहाडीको नेतृत्वमा खटिएको गस्ती टोलीले जिल्लाको कम्दी-६ मोल्हुपुरुवा गाउँ नजिकबाट आफै मरेको गाई काट्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्ने हिम्मतसम्म नगर्नुले उनीहरु निर्दोष रहेको ठोकुवा गर्न सकिन्छ । आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस मनाईरहेको र मुस्लिम समुदाय रमजान पर्वको तयारीमा रहेको अवस्थामा सरकारले झुठ्ठा मुद्दामा फसाउन शुरु गरेको हो ।

नाम समेत सार्वजनिक नगर्नुलाई मानवअधिकारवादीहरुले  वेपत्ता पार्न यस्तो षडयन्त्र रचिएको हुन सक्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने ‘जनजाति, दलित र मुस्लिमहरु चुप लागेर बस्ने हो भने सरकारले उनीहरुलाई सिध्याउँछ ।’

 

आदिवासी दिवस भाँड्न मरेको गाई काटेको निहुमा चार जनजाति पक्राउ

पशुवधको निँहुमा मुस्लिमलाई फसाउन शुरु

मान्छे काट्न पाइन्छ तर……………

गाई गोरु काटनेलाई ३ बर्ष जेल सजाय गरिने !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %