बाहुन प्रेमीले फेरी मारे सोझी जनजाति चेली

Read Time:2 Minute, 50 Second

रोजी महर्जन

महर्जनलाई प्रेम जालमा फसाएर हत्या गरेर नपुगेर उप्रेतीले महर्जन परिवारसँग रु ३० लाख फिरौती मागेका थिए ।

२१ वर्षीय रोजी महर्जनले चोखो मायाको साटो वाहुन प्रेमीबाट हत्या उपहार पाएकी छन् । ललितपुर-१० कुपन्डोल बस्ने महर्जनलाई तथाकथित प्रेमी सुभाष उप्रेतीले हत्या गरेको प्रहरी जनाएको छ ।  हत्यारा उप्रेतीलाई महानगरीय प्रहरी परिसर रानी पोखरीमा साउन २५ गते प्रहरीले सार्वजनिक गरेको हो ।

उप्रेतीले महर्जनलाई कन्चटमा गोली हानेर ललितपुरको नल्लु गाविसको सिमपानी भन्ज्याङ जंगलमा फालेका थिए । हत्यारा उप्रेतीलाई महर्जनलाई प्रेम जालमा फसाएर हत्या गरेर नपुगेर महर्जन परिवारसँग रु ३० लाख फिरौती मागेका थिए ।

साउन २० गते ९:३० बजे रोजी महर्जन कलेज जान्छु भनी स्कुटरमा घरबाट निस्किएकी र सोही दिन ७:३० बजे बेलुकी रोजीकै मोबाइलबाट रु ३० लाख फिरौती माग गर्दै नदिएमा छोरी मारीदिन्छु भनी अपरिचित केटाले फोन तथा एसएमएस गरेपछि घरपरिवारले प्रहरीमा खबर गरेका थिए ।

प्रहरीका अनुसार जनजाति चेलीका हत्यार २१ वर्षीय उप्रेती काठमाडौं महानगरपालिका-३४ नयाँबानेश्वर बस्दै आएका थिए ।  महर्जनलाई मार्न उप्रेतीले सिचन खड्का, हुसेन राई, कुमार तामाङ र कत्ले भन्ने राजु लोहारको सहयोग लिएको हुनसक्ने प्रहरीको आशंका छ ।


जनजाति चेलीहरुलाई वाहुन प्रेमीहरुले प्रेमको बहाना फसाएर शारीर र सम्पत्ति लुट्ने गरेको घट्ना पटक पटक सार्वजनिक भएको छ । रोजीको हत्याबाट चित्त नबुझेर उप्रेतीलाई अभिभावकसँग त्यत्रो रकम माग्नुको पछाडि यो योजनाबद्ध हत्या भएको बुझ्ना गाह्रो छैन ।

यसअघि नवलपरासीको अमरापुरी गाविसमा पनि आले थरकी एक मगर चेलीलाई वाहुन प्रेमीले हत्या गरेका थिए ।  पाल्पामा वाहुनप्रेमीकै कारण सचारकर्मी मगरर्नीको ज्यान गएको घट्ना अझै सेलाएको छैन । बाहुन प्रेमीका कारण फेरि मारिइन सोझी मगर्नी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %