दुईवटा आयोजना मै ४ अर्ब घाटा लागेपछि २० घण्टे लोड सेडिङ्ग

Read Time:2 Minute, 11 Second

खिम्ती र भोटेकोसी आयोजनाबाट यो वर्ष मात्रै नेपाल विद्युत प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैंया घाटा लागेको छ । खिम्ती र भोटेकोसीसँग भएको विद्युत खरीद लगायत अन्य गलत सम्झौताका कारण विद्युत प्राधिकरणले यो वर्ष ३ अर्ब ८८ करोड ९२ लाख ९७ हजार रुपैंया घाटा व्यहोरेको हो । यो रकमसँगै खिम्ती र भोटेकोसीबाट प्राधिकरणलाई झण्डै ३३ अर्ब १७ करोड रुपैंया घाटा लागिसकेको स्रोतले जनाएको छ । विद्युत प्राधिकरणले १६ वर्ष अघि नै खिम्ती र भोटेकोसीको बिजुली अमेरिकी डलरको भाऊमा किन्ने गरी सम्झौता गरेको थियो । त्यसमाथि खिम्ती जलविद्युत आयोजनाको रोयल्टी र कर बापतको रकम विद्युत प्राधिकरणले नै तिर्नुपर्ने प्रावधान छ ।

प्राधिकरणले यो वर्ष खिम्तीको रोयल्टी र कर बापतको रकम ५ करोड ५७ लाख ९५ हजार रुपैंया भुक्तान गरेको स्रोतले जनाएको छ । खिम्ती र भोटेकासीबाट प्रतियुनिट ७ रुपैंया २० पैसामा किनेको बिजुली प्राधिकरणले ६ रुपैंया ७० पैसामा ग्राहकलाई बेच्ने गरेको छ । त्यसमाथि ग्राहकसम्म बिजुली पुर् याउन प्रतियुनिट २ रुपैंया ५० पैसा थप खर्च लाग्ने प्राधिकरणको भनाई छ । स्रोतकाअनुसार त्रुटिपूर्ण तथ्य अघि सारेर ती आयोजनाहरुले सुक्खा समयमा उत्पादन हुने ३६ प्रतिशत अतिरिक्त उर्जाको मूल्य पनि प्राधिकरणले तिरिरहेको छ । प्राधिकरणकोसिाचती घाटा २९ अर्ब रुपैंया छ ।

एस लिम्बु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %