पोखरा, २५ साउन
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव एवं जनसंख्याविद् प्राध्यापक बालकृष्ण माबुहाङ लिम्बूले तमुवान स्थापनाका लागि तमुवान सरोकार समाज गठन गर्न सुझाव दिएकाछन् ।
विश्व आदिवासी दिवसको अवसरमा पोखरामा आएका मावुहाङले आज कास्कीका आदिवासी जनजाति अगुवाहरुसँगको भेटघाटमा मुलुक इतिहासको महत्वपुर्ण मोडमा आइपुगेकोले तमुवान स्थापनाका लागि सरोकार समाज गठन गरि त्यागपुर्ण आन्दोलन आवाश्यक रहेको बताए । उनले आन्दोलनको अगुवाई युवाहरुले गर्नुपर्ने बताए । प्राध्यापक माबुहाङले तमुवान आन्दोलनको लागि शुरुमा कम्तीमा तीनसय तमु महिलाहरुले पक्राउसम्म दिनुपर्ने बताए ।
आदिवासी जनजाति वुद्धिजिवी माबुहाङले आदिवासी जनजातिय संस्थाहरु सामाजिक चिन्तनबाट माथि उठी अधिकार र राजनितिक चिन्तन तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएकाथिए ।
हुम तमु
