ठग शिशिर नेपाल १५ वर्षपछि पक्राउ

Read Time:1 Minute, 10 Second

वैदेशिक रोजगारको निहुमा सर्वसाधारणलाई ठग्दै हिँड्ने काठमार्डौ कीर्तिपुरका शिशिर नेपाल प्रहरीको फन्दामा परेको छ । ठगी मुद्दामा अदालतले १५ वर्ष अघि सजायको फैसला गरेपछि भागेका शिशिर नेपाललाई प्रहरीले साउन २५ गते पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ८ भूतखेल बस्ने शिशिर नेपाललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाण्डौ १० बुद्धनगरबाट पक्राउ गरेको हो । नेपाललाई आजै जिल्ला अदालत काठमाण्डुमा पेश गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार ठगी मुद्दामा नेपाललाई जिल्ला अदालत काठमाण्डुले २०५२ साल चैतमा ५० हजार रुपैंया जरिवाना र १ बर्ष कैद सजायको फैसला गरेको थियो ।

एस लिम्बु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %