जनमुक्तिको राष्ट्रिय आदिवासी जनजाति महासंघ गठन

Read Time:1 Minute, 16 Second

१७ औं विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध आदिवासी जनजातिहरुले राष्ट्रिय आदिवासी जनजाति महासंघ गठन गरेका छन् । जनमुक्ति कार्यालयमा साउन २४ गते गठन भएको महासंघको अध्यक्षमा यासिली योङह्याङ रहेका छन् । यसैगरी महासचिवमा टोप सारु मगर र सचिव रमेश पहरी रहेका छन् ।  

यसैवीच टोप बलाललाई मगरात प्रान्तीय परिषदको संयोजक तथा इन्द्रबहादुर मास्की रानालाई सहसंयोजक तोकिएको छ । जनमुक्ति पार्टीमा मगरात, लिम्बुवान, ताम्सालिङ्ग, नेवार, थारु, किरात राई, गुरुङ्ग लगायतका जातीहरुको छुट्टाछुट्टै संगठन कि्रयाशिल छन् । यस मध्येको लिम्बुवान प्रान्तिय परिषद एक्लैले साउन २२ गते पूर्वान्चल बन्द गरेको थियो । यि सबै जातीय संगठनलाई राष्ट्रिय आदिवासी जनजाति महासंघ मातहत राखिने बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %