जनजाति सङ्ग्रालय निर्माणमा अनियमितताको आशंकामा छानविन शुरु

Read Time:1 Minute, 42 Second

जिल्ला प्रशासन कार्यालय खोटाङले आदिवासी जनजाति सङ्ग्राहलय भवन निर्माणमा भएको अनियमितताबारे छानविन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन २१ गते निर्देशन दिएपछि अनियमितताबारे आफूहरुले छानविन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहालले बताएका छन् ।

सदरमुकाम दिक्तेलको अल्छेढुङ्गामा निर्माणाधीन सङ्ग्रहालय भवन निर्माण उपभोक्ता समितिका पदाधिकारीले किर्ते हस्ताक्षर गरी सङ्ग्रहालय निर्माण गर्न रकम झिकेको भन्दै कोषाध्यक्ष रामकुमारी राईले उजुरी दिएपछि अख्तियारको निर्देशन अनुसार आफूहरुले छानविन गरिहेको दाहाल बताउँछन् । सङ्ग्रहालय निर्माण समितिका अध्यक्ष जयबहादुर राईलगायत अन्य दुई जना सदस्यले आफ्नो किर्ते हस्ताक्षर गरी रकम झिकेको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रामकुमारीको दाबी छ ।

निर्माण समितिको चल्ती खाता नम्बर २५८३ को बैंक स्टेटमेन्टबाट गत वर्षको साउन ३१ गते रु. दुई लाख ५० हजार असोज २१ गते रु। तीन लाख चैत्र १ गते रु। एक लाख ८० हजार र चैत २० गते रु। ८३ हजार निकासा गरिएको देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %