संविधान र भएभरका कानुन अनुसार अन्य जातिमा पर्ने क्षेत्री समाज नेपालले रुपन्देहीले विश्व आदिवासी दिवस मनाएको दाबी गरेको छ । ९ अगस्ट अर्थात साउन २४ गते आदिवासी दिवस मनाएको भएपनि यसको मुख्य उद्देश्य आफूहरुलाई आदिवासीमा सूचिकृत गर्नुपर्ने रहेको समाजका जिल्ला अध्यक्ष ओमबहादुर फौजार बताउँछन् ।
समाजको अगुवाईमा लुम्बिनीमा अन्तकिर््रया कार्यक्रम र वृक्षरोपण समेत सम्पन्न भएको छ । क्षेत्री समाजका अगुवाहरुले आदिम कालदेखि बस्दै आएका क्षत्रीहरुलाई सरकारले हचुवाका भरमा अन्य जातिमा राखेर गम्भीर त्रुटि गरेको आरोप लगाएका छन् ।
दलित, महिला, मधेशी, आदिवासी/जनजाति, मुस्लिम समुदाय भन्दा बढी आरक्षण समावेशीता क्षेत्री पुरुषहरुलाई चाहिएको वक्ताहरुको भनाई थियो ।
क्षेत्रीले पनि आदिवासी दिवस मनाए !
Read Time:1 Minute, 11 Second
