भदौ १४ गते भित्र संविधान बनाउन दवाव

Read Time:1 Minute, 23 Second

पूर्वसांसद मच, जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आगामी भदौ १४ गते भित्र नयाँ संविधान जारी गर्नुपर्ने र कथंमकदाचित नसक्ने अवस्था भएमा एकिकृत मस्यौदा तयार गर्न माग गर्दै सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई ज्ञापनपत्र बुझाएका छन् ।

राजनीतिक सहमतिका अधारमा संविधानसभाबाट लोकतान्त्रिक अन्तरवस्तुसहितको संविधानको मस्यौदा तयार गरी जनताका माझ लैजान ती संस्थाका प्रतिनिधिले माग गरेका छन् ।  ज्ञापनपत्रमा अन्तरिम संविधानअनुरुप लोकतन्त्रको संस्थागत विकासका लागि स्थानीय निकायको अविलम्ब निर्वाचन गर्न र भावी संविधानमा स्थानीय स्वायत्त सरकारको प्रष्ट व्यवस्था गर्न पनि माग गरिएको छ ।

सभामुख नेम्बाङले ज्ञापनपत्र बुझ्ने क्रममा १४ भदौ भित्रै संविधान जारी गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %