जनमुक्तिमा खपाङ्गी , राई र तुम्बाहाम्फेलाई सम्मानजनक स्थान दिइने

Read Time:2 Minute, 51 Second

राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समिति वैठकले पार्टीका संस्थापक नेतात्रय गोरेबहादुर खपाङ्गी मगर, रामबहादुर तुम्बाहाम्फे र बयानसिँ राईलाई संघीय परिषद केन्द्रिय समिति सदस्यमा चयन गरेको छ । घोबिघाटस्थित पार्टी मुख्यालयमा साउन २४ गते बसेको वैठकले तीनै जनालाई संघीय परिषदमा ल्याउने निर्णय गरेको पार्टी महासचिव केशव सूर्यवंशी मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाको अध्यक्षतामा बसेको वैठकले खपाङ्गी, तुम्बाहाम्फे र राईलाई संघीय परिषद सदस्यमा चयन गरेपछि परिषद सदस्य संख्या ६३ पुगेको छ । विधान अनुसार परिषदले थप दुई सदस्य मनोनीत गर्नसक्नेछ ।  साउन पहिलो हप्ता काठमाडौंमा बसेको संघीय परिषदको वैठकले दिएको म्याण्डेट अनुसार स्थायी समितिले निर्णय गरेको हो ।  
पार्टी स्रोतले दिएको जानकारी अनुसार अहिले तीनै नेतालाई संघीय परिषद सदस्यमा ल्याएपनि उनीहरुलाई सम्मानजनक स्थान दिइने भएको छ । पूर्वमन्त्री समेत रहेका खपाङ्गी र राईले पार्टी महासचिवको जिम्मेवारी पुरा गरिसकेका छन् भने तुम्बाहाम्फेले केन्द्रीय प्रचार प्रसार विभाग सचिवको जिम्मेवार वहन गरेका थिए । गत फागुनमा नवलपरासीमा सम्पन्न महाधिवेशनमा खपाङ्गी र राई अध्यक्षका प्रत्यासी थिए भने तुम्बाहाम्फेले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । जनमुक्तिको तेस्रो महाधिवेशनमा तुम्बाहाम्फेले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

भदौ ५ र ६ मा फेडरल हाउसको भेला
यसैवीच राष्ट्रिय जनमुक्ति पार्टीको माथिल्लो सदनको रुपमा रहेको फेडरल हाउसको प्रथम भेला आगामी भदौ ५ र ६ गते काठमार्डौमा आयोजना हुने भएको छ । संघीय परिषदको पहिलो वैठकबाट ८५ फेडरल हाउसका सदस्यहरुको चयन गरिसकेको छ । फेडरल हाउसको अध्यक्ष पनि पार्टी अध्यक्ष रहेन प्रावधान छ । विधानमा अनुसार फेडरल हाउस १७५ सदस्य रहने व्यवस्था छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %