हङकङमा आदिवासी दिवस अघिको बर्षभन्दा यसपालि भब्य

Read Time:1 Minute, 41 Second

८ अगस्ट
हङकङमा १७औं विश्व आदिवासी दिवस यसपालि विशेष रुपमा सम्पन्न भयो । यसपालि अन्य बर्षको तुलनामा मान्छेहरुको उपस्थिति उत्साहजनक थियो । जनजाति आन्दोलनका बौद्धिक ब्यक्तित्व डा. कृष्ण भट्टचनलाई सुन्न पनि होला यूमातेई कम्यूनिटि हल खचाखच भरिएकोथियो ।


यसबर्षको बर्ष पुरुष संचारकर्मी राई चन्द्र दुमी र बर्ष चेली नमोबुद्ध आमा समूहका अध्यक्ष पदमकुमारी गुरुङलाई चयन गरियो । जनजाति आन्दोलनलाई लेखेर सघाएबापत र आमा समूहले सक्रिय सामाजिक कार्य गरेवापत यो सम्मान प्रदान गरिएकोथियो ।

आदिवासी बर्ष पुरुष र बर्ष चेली

कार्यक्रममा हगंकग सरकारका प्रतिनीधि तथा  डिएभीका नेताहरुको पनि सहभागीता थियो । १० वटा जातीय संस्था आवद्ध रहेको महासंघको उक्त कार्यक्रममा सबै जातीय संस्थाहरुले आ आफ्ना साँस्कृतिक कार्यक्रम पेश गरेकाथिए ।

सबै अतिथीलाई जातीय बाजा बजाएर कार्यक्रम उद्घाटन गराइएकोथियो

अध्यक्ष एमवी थापा मगर मन्तब्य दिदैं उद्भोषिका रिता गुरुङ (दाँया)

मगरसंघका कलाकारहरु

कार्यक्रमलाई राज्यसत्ता डटकम र मूलबाटो डटकमले प्रत्यक्ष प्रसारण गरेकोथियो ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %