किरात राई यायोक्खा धनकुटाले एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने किरात राई समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ । २४ औं स्थापना दिवसको अवसर पारेर साउन २२ गते यायोक्खाले किरात राई समुदायका एकजना विशिष्ट श्रेणी उत्तीर्ण हुने छात्रसहित प्रथम श्रेणी उत्तीर्ण ५८ जना छात्रछात्रालाई कदरपत्र सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्राध्यापक इच्छापूर्ण राई, किरात राई यायोक्खाका केन्द्रीय सदस्य तेजनारायण िसंह राई, तिलक राई, पत्रकार रबिन कटेल, बिमला राईलगायतले विद्यार्थीलाई गरेको सम्मानले आगामी दिन अझ मिहेनत उत्प्रेरित गर्ने धारणा राखेका थिए ।
यायोख्खाले धनकुटा नगरको विकासमा महत्वपूर्ण योगदान पुर् याएको भन्दै धनकुटा नगरपालिकका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याङलाई पनि सम्मान गरेको छ ।
यसैअवसरमा धनकुटा नगरपालिका-३ स्थित राईकुवा टोलको साकेला पार्कमा धुपी, शिरिस, कल्की, रिठ्ठालगायत विभिन्न प्रजातिका गरी दुई सय बिरुवा रोपिएको छ ।
