अरुको रातो पासपोर्टबाट सम्पत्ति कमाउने भण्डारीसँग रु १० लाख धरौटी माग

Read Time:1 Minute, 15 Second

सभासदहरुलाई कुटनीतिक राहदानी रातो पासपोर्ट बेच्न उक्साएर सम्पत्ति कमाएको भन्दै विशेष अदालतले  श्यामबाबु भण्डारीसँग रु १० लाख धरौटी मागेको छ । राहदानी दुरुपयोग गर्नेहरुको कान निमोठ्ने जिम्मेवारी पाएको अध्यागमन विभागमा कार्यरत  भण्डारीकै मिलोमतोमा सभासदहरुले राहदानी दुरुपयोग गरेको ठहर सहित अदालतले यो आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरु ओमप्रकाश मिश्र  र केदारप्रसाद चालिसेले साउन २२ गते अभियुक्त भण्डारीसँग धरौटी लिन आदेश दिएको हो । अर्का अभियुक्त भुमिनन्द भण्डारीले श्यामबाबुको संलग्नता खुलासा गरेका थिए । सभासद गायत्री साह र विपि यादवको राहदानी काण्डमा उनीहरुले ठूलै रकम हात पारेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %