संविधानको ठाडो उल्लघंन हुने गरी योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्को आयोजनामा भएको धर्मसभाले हिन्दू राष्ट्रको माग गरेको छ । परिषद्का अध्यक्ष शङ्कर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा शिवऔतारी लामा १००८, रुद्राक्षबाबा, संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे, एसपी आशा हरिप्रकाश पुडासैनीले संविधान र जनआन्दोलनको भावना विपरीत हिन्दु राष्ट्र हुनुपर्ने माग गरेको हो ।
संसारमा कँहि पनि हिन्दु राष्ट्र नभएपनि सुदर्शन भट्टराई, दिनेशकुमार अच्छामी, हनुमान आराधना मण्डल सुनसरीका सचिव सत्यनारायण यादव, ममताशरण चौधरी, जनक चापागाईं, अमित लामा, नारायण आचार्य, रामकृष्ण थापा, कर्णेल कृष्णप्रसाद उपाध्याय, राप्रपा नेपालका केन्द्रीय सदस्य मणिराज तामाङलगायतले धर्मसापेक्ष हिन्दूराष्ट्र यथावत् राख्न जोड दिएका हुन । नेका राष्ट्रवादी का अध्यक्ष रामवाबु प्रसाईंले २०४७ सालको संविधान नै विश्वको उत्कृष्ट र वर्तमान नेपालको समस्या समाधान गर्ने एकमात्र विकल्प भएको दाबी गरेका छन् ।
मरेको गाईको मासु खाने जनजाति दलित र मुस्लिमलाई जेलमा कोच्ने जातीय एकाधिकारवादी शासकले संविधानको उल्लघंन गर्दा पनि केही गरेको छैन । नेपालका बुद्ध, किरात, मुस्लिम, कि्रश्चियन, बौन, प्रकृतिक पुजक लगायतका दर्जनौं धर्मलाई वेवास्ता गरेर मात्र एउटा धर्म हिन्दुको विषयमा वकालत गर्दा साम्प्रदायिक दंगा फैलिन सक्ने भएपनि शासकहरुले यसमा मौन समर्थन जनाएको देखिन्छ ।
