पाल्पा श्रावण २१
१३ औ आदिबासी जनजाति पत्रकार संघको स्थापना दिबसको अवसरमा पाल्पामा बिशेष कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । जनजाति पत्रकार संघ पाल्पाले आज बिहान संघको कार्यालय तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा यही २३ गतेको स्थापना दिवसका दिन बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने जानकारी दिएको हो ।
संघका अध्यक्ष देव पचभैयाले दिएको जानकारी अनुसार स्थापना दिवसको दिन आमसंचार र पत्रकारितामा जनजाति पत्रकारहरुको अवस्था, उनीहरुको उत्थान र भबिष्य लगायतका बिषयमा जनजाति अगुवा, पत्रकार महासंघ, राजनीतिक दलका जिल्ला प्रमुख, सरकारी तथा गैरसरकारी संघ, सँस्थाहरुसंग अन्र्तक्रिया तथा छलफल गरि मनाइने छ । कार्यक्रममा जिल्लामा क्रियाशिल जनजाति पत्रकारहरुलाई सम्मान तथा आदिवासी पत्रकारको जिल्लाको अवस्था,उनीहरुको उत्थान र भविष्य बिषयमा कार्यपत्र पेश गरिनेछ ।
पत्रकार सम्मेलनका अतिथि जनजाति महासंघ पाल्पाका अध्यक्ष गम बहादुर थापाले १७ औ बिश्व आदिवासी दिवस र १३ औ आदिवासी जनजाति पत्रकार संघको स्थापना दिवसलाई मिलाएर कार्यक्रम गर्न थालिएको बताए । थापाका अनुसार आज देखि २४ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरीएको छ । २१ गते आज पत्रकार सम्मेलन र जनजाति अगुवाहरुसंग अन्र्तक्रिया कार्यक्रम, २२ गते पाल्पामा क्रियाशिल राजनीतिक दलका नेता र सरोकार वालाहरुसंग आदिवासी जनजातिहरुले उठाएका सवालका बारेमा अन्र्तक्रिया गर्ने, २३ गते जनजाति पत्रकार संघको स्थापना दिबस मनाउने र २४ गते आदिवासीहरुको साँस्कृतिक कार्यक्रम सहित आम सभाको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
पाल्पामा आदिवासी दिवस र आदिवासी पत्रकार दिवस संगै मनाइने
Read Time:2 Minute, 27 Second
