न्यौपानेहरुको अक अधिकारका लागि स्थापित न्यौपाने बन्धु समाज नेपालले साहित्यकार दैवज्ञराज न्यौपानेलाई सम्मान गरेको छ । पक्षघातका विरामी दैवज्ञराजलाई साउन २१ गते काठमाडौंमा एक कार्यक्रम गरेर सम्मान गरेको हो ।
न्यौपाने समाजका अध्यक्ष वामन न्यौपानेले लामो समयदेखि पक्षघातबाट थलिएका दैवज्ञराजको शीघ्र स्वास्थ्य लाभको कामना गरे । सोही कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले सरकारले न्यौपानेलाई आवश्यक सम्मान नदिएको भन्दै दुःख व्यक्त गरे ।
राज्यले पछाडि पारेका आदिवासी\जनजाति, दलितले जातीय संघ संस्था खोल्दा जातीय राजनीति गरेको भनेर खिस्युटरी गर्ने वाहुनहरुले वाहुन संगठन मात्रै होइन थर पिच्छे संगठन खोलेर राजनीति गरिरहेको छ ।
