आफूहरुलाई अधिकार चाहिएर भन्दा पनि आदिवासीजनजाति, दलित, मधेशी, मुस्लिम र महिलालाई अधिकार दिनुहुँदैन भन्ने मान्यताका साथ स्थापित खस क्षेत्री एकता समाज दुई चिरा भएको छ । शासन सत्तामा हाली मुहाली गरेर पनि पिछडिएको समुदायको भाग खोस्न (आदिवासीजनजाति, दलित, मधेशी, मुस्लिम र महिलाले के नै पाएका छन् र ? )कस्सिएका खस क्षेत्री एकता समाज औपचारिक रुपमै विभाजित भएको हो । समाजको संस्थापनपक्ष र उपाध्यक्ष योगेन्द्र कार्की तथा सचिव इन्द्र बराल नेतृत्वको दुई समूह बनेको छ । संस्थापनले आफूहरुमाथि निरंकुशता लादेकाले अलग हुनु परेको उपाध्यक्ष योगेन्द्र काकी बताउँछन् ।
संस्थापन पक्षले भने संस्थाको हित विपरीत गैर जिम्मेवार एब अनाधिकृत रुपमा क्षेत्री समाज पोखरामा प्रवेश गर्ने पत्रमा हस्ताक्षर गरेकाले कारवाही गर्नु परेको दाबी गरेको छ । संस्थापनले आफूहरुको विधानको धारा १७ को उपधारा अनुसार कार्की र बराललाई कारवाही गरेको जिकिर गरेको छ ।
कालीदास बहादुर राउत अध्यक्ष रहेको क्षेत्री समाज राष्ट्रिय महासंघ टुकि्रएको एक महिना नबित्दै अर्को क्षेत्रीजन्य संस्था विभाजित भएको हो । २४ असारमा अध्यक्ष राउत र महासचिव विष्णुबहादुर खड्काको नेतृत्वमा क्षेत्री समाज फुटेको थियो ।
क्षेत्री समाज राष्ट्रिय महासंघमा भूँईचालो
