एकिकरणका लागि जनमुक्ति र संघीय लोकतान्त्रिक पार्टीवीच युद्धस्तरमा वार्ता

Read Time:1 Minute, 41 Second

राष्ट्रिय जनमुक्ति पार्टी र संघीय राष्ट्रिय पार्टीवीच एकिकरणका लागि युद्धस्तरमा वार्ता भईरहेको छ । पछिल्लो वार्ता साउन २० गते जनमुक्ति पार्टीको धोबिघाटस्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।

दुबैतर्फका वार्ता टोली सहभागी वैठकमा एकिकरणको मस्यौदा प्रस्तुत गरिएको छ । मस्यौदामा दुबै पार्टीको पहिलो लक्ष्य जातीय मुक्ति भएको उल्लेख छ । मस्यौदा तयार गर्ने जिम्मेवारी जनमुक्ति पार्टीबाट खिलध्वज थापा र संरालोपाबाट रविन्द्र थिङ्गले लिएका थिए । मस्यौदा वार्ताटोलीका सदस्यहरुले अध्ययन गरिरहेका छन् ।  वैठकले साउन २२ गते अर्को वैठक बस्ने सहमति गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले समान विचाराधारा भएका पार्टीसँग एकिकरण प्रकि्रया अगाडि बढाउन जनसम्पर्क विभाग प्रमुख केपी पालुङवा संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो ।

वार्तापछि दुबै पक्षका नेताहरुले एकिकरण प्रकि्रया सकारात्मक रुपमा अघि बढीरहेको टिप्पणी गरेका छन् । वार्तामा जनमुक्ति पार्टीबाट केपी पालुङवा र संरालोपाका सभासद राजकुमार नाल्बो लगायत सहभागी थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %