नेपाल आदिवासी जनजाति महासंघले सत्रौँ विश्व आदिवासी दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । साउन २० गते अनमोल क्याटरिङ्ग बानेश्वरमा आयोजित चियापान कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्बाङ, एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य अमिक शेरचन, संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य, मधेसी जनअधिकार फोरम गणतान्त्रिकअध्यक्ष जेपी गुप्ताका नेताहरुको सहभागिता थियो ।कार्यक्रममा महासङ्घका अध्यक्ष राजकुमार लेखी थारुले सबै समुदायबीच भाइचारा सम्बन्ध कायम गर्न र भेटघाटको अवसर जुटाउन जलपान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । विश्वभरका आदिवासीको साझा दिवस भएकाले गत वर्षदेखि महासङ्घले जलपान कार्यक्रम सुरुआत गरेको हो ।
आदिवासी जनजातिको विषयमा ठूला ठूला गफ हाँक्ने धेरै नेताहरुको अनुहार भने कार्यक्रममा देखिएनन् ।
