बल्ल तीन ठूला दलले आदिवासीलाई पछाडि पारिएको स्विकार्न थाले

Read Time:2 Minute, 36 Second

देवदह १८ साउन
राज्यको विभेदकारी नीतिले आदिवासी जनजातिहरुलाई राजनैतिक,सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा पछाडि पारेको सरोकारवालाहरुले आरोप लगायका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले भैरहवामा गरेको आदिवासी जनजातिको सवालमा राजनैतिक दलहरुको दृष्टिकोण विषयक अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले लोकतन्त्रको स्थापनापछि आदिवासी जनजातिहरुको भाषा, संस्कृति, रीतिरिवाज र चालचलनलाई राज्यबाटै निस्तेज पार्ने प्रयास भएको बताएका हुन् । कार्यक्रममा एकिकृत माओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्यायले आदिवासी जनजातिहरु पछाडि नपरेर पछाडि पारिएको जिकिर गरे । त्यस्तै नेपाली काँग्रेस रुपन्देही कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानले आदिवासी जनजातिले उठाएको सवालमा पार्टी कटिवद्व र प्रतिवद्व भएको बताए ।
त्यसैगरी नेकपा एमालेका रुपन्देही जिल्ला सदस्य राजेन्द्र पन्थीले आदिवासी जनजाति शैक्षिक, राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा पिछडिएको बताए ।
केहि बर्ष अघि सम्म संयुक्त राष्ट्रसंघको मनचमा गई नेपालमा आदिवासी नै छैनन् भन्ने दलहरुले त्यसपछि आदिवासी आन्दोलन बढ्दै गएपछि भने उनीहरु आफ्नै कारण पछाडि परेको बताँउदै आएकाथिए । तर अहिले उनीहरुलाई राज्यले नै पछाडि पारिएको यथार्थ आत्मोध गर्न थालेको उदाहरण हो यो ।
जनजाति महासंघका अध्यक्ष होमबहादुर गलामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङ, आदिवासी जनजाति पत्रकार संघ ९अनिज० रुपन्देहीका सल्लाहकार यम राना, मधेशी जनअधिकार फोरम नेपालका मदन गुरुङ लगाएतले आ–आफना बनाई राखेकाथिए ।
गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %