सरकारद्वारा नवघोषित ताप्लेजुङ्ग नगरपालिकालाई फुङलिङदोख बनाउन जिल्लावासीको माग छ । उनीहरुले फुङलिङ्गदोख बनाउन स्थानीय विकास मन्त्रालयमा सिफारिस समेत गरिसकेका छन् ।
जिल्लामा २०५८ को जनगणना अनुसार ४१.७५ प्रतिशत लिम्बु बसो भएको क्षेत्रमा लिम्बुभाषामै नगरपालिकाको नामाकरण गर्नु पर्ने उनीहरुको माग रहेको छ । पूर्व जिविस सदस्इ घनेन्द्र मादेनका अनुसार पुरै ताप्लेजुङ्गवासी फुङलिङदोखको पक्षमा छन् । उनीहरु राजनीतिक दल र नागरिक समाजका अगुवाहरुको सल्लाह अनुसार नै नयाँ नामका लागि सिफारिस गरेका हुन ।
आदिवासी जनजातिहरुको मातृभाषामा भएको नेपालको सबै नदी, नाला, पहाड, पर्वत, गाउँ, इलाकाहरुको नामलाई शासकहरुले जवरजस्ती हिन्दुकृत गरेका थिए । सचेत नागरिकहरुले विस्तारै यसलाई वास्तविक नाममा फकार्उने प्रयत्न गरेका छन् ।
