जनमुक्ति मधेसमा पनि पस्यो । अब आफ्नै लागि राजनीति गर्ने प्रतिबद्धता

Read Time:2 Minute, 19 Second

साउन १८
रुपन्देहीको क्षेत्र नं ७ अन्र्तगत रहेको लुम्विनी आर्दश गाविसमा राष्टिय जनमुक्ति पार्टीको भेला सम्पन्न भएको छ । भेलाले इकवाल मुसलमानको अध्यक्षतामा १५ सदस्यीय लुम्विनी आर्दश ईकाई कमिटि गठन गरेको छ, जसको उपाध्यक्षमा नाजिक अहमद, सचिवमा मव्दुल वाहित, कोषाध्यक्षमा अव्दुल हरेरा रहेकाछन् । त्यसै गरी सदस्यहरुमा जैस मोहम्मद, राममिलन वारी, नूरुल होदा, सम्सुद्दिन मुसलमान चयन भएकाछन् ।
भेलामा राष्टिय जनमुक्ति पार्टी संघीय परिषदका केन्द्रीय सदस्य सूर्यकुमार सारु, हाजि डा। मोहम्द हसनको उपस्थिती थियो । भेलामा राष्टिय जनमुक्ति पार्टीको विचार, विधानका वारेमा स्पष्ट पारिएको थियो । उक्त ठाउँमा राष्टिय जनमुक्ति पार्टीले आफनो संगठन विस्तार गर्न नसकिरहेको अवस्थामा उक्त भेलाबाट सो क्षेत्रमा संगठन बनेको  राष्टिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग बताउछन् ।
भेलामा पार्टी प्रवेश गर्नेहरु मधेशी जनअधिकार फोरमका कार्यकर्ता तथा नेताहरु रहेको जिल्ला समितिले जनाएको छ । सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष इकवाल मुसलमानले आफूहरु अहिले सम्म अर्काको लागि राजनीति गरेको र अवका दिनमा आफनो समाजको लागि राजनीति गर्ने बताए । उनले थपे, ‘राष्टिय जनमुक्ति पार्टीले लिएको जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक, धर्मनिरपेक्ष, को नीति राम्रंो भएको र यसले सम्पूर्ण जातीलाई समान अधिकार दिने हुदाँ आफूहरु राष्टिय जनमुक्ति पार्टीमा प्रवेश गरेको हो ।’

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %