गुरही पर्वमा रमाए थारु समुदाय

Read Time:1 Minute, 5 Second

धेरै जनासंख्या भएका आदिवासी जनजाति मध्येमा पर्ने थारु समुदायले गुरही पर्व भव्यरुपमा मनाएका  छन् । खेतीपातीमा लाग्ने किरा रोग र बालबालिकामा लाग्ने जस्तोसुकै रोगव्याधि हट्ने विश्वास गरिने भएकाले थारु समुदायले परम्परादेखि यस पर्व मनाउँदै आएका छन् ।

रोगव्याधि हटाउन गुरहीलाई परीका रुपमा भगवान्ले पठाएको भन्दै थारु समुदायले आपसमा भेला भएर सामूहिक पूजाको आयोजना गरिन्छ । गुरही पर्व मनाउँदा कपडाको गुरही (गाईने किरा) बनाएर फ्याँक्ने गरिन्छ ।  पूजामा उपस्थित सबैलाई भुटेको चना मकै केराउलगायत बाँडेर घरका सबैले चाख्ने गर्दछन् ।
यो पर्व पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र काचनपुर क्षेत्रमा विशेष चर्चित छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %