रु २ अर्ब पर्ने विद्युत प्राधिकरणको जग्गा अतिक्रमित ?

Read Time:2 Minute, 19 Second

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४ सय ७४ रोपनी जग्गा अतिक्रमित भएको खुलासा भएको छ । देशभरीका विभिन्न विद्युत आयोजना केन्द्र सब स्टेशन लगायत गरी १४ सय ७४ रोपनी १३ आना ३ पैसा १ दाम जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको विद्युत प्राधिकरणले जनाएको छ । सम्बन्धित ठाउँको चलन चल्तीको भाउमा त्यो जग्गाको मूल्य १ अर्ब ७१ करोड ५५ लाख ९० हजार रुपैंया पर्छ ।

प्राधिकरणकाअनुसार सबैभन्दा धेरै जग्गा त्रिशुली जलविद्युत केन्द्रमा ११ सय ७४ रोपनी १४ आना १ दाम अतिक्रमण गरिएको छ भने सुर्खेत वितरण केन्द्रको १ सय १८ रोपनी फर्पिङ्ग जलविद्युत केन्द्रको ६६ रोपनी २ आना र सुनकोशी जलविद्युत केन्द्रको ३१ रोपनी जग्गा अतिक्रमित भएको छ । ३६ रोपनी २ आना जम्मा क्षेत्रफल रहेको बालाजु सबस्टेशन काठमाण्डुको ३५ रोपनी १४ आना २ पैसा जग्गा अतिक्रमित भएको छ । चलनचल्तिको भाउमा बालाजु सबस्टेशनको अतिक्रमित जग्गाको मूल्य मात्रै १ अर्ब १४ करोड ८० लाख रुपैंया पर्न आउँछ ।

त्रिशुली जलविद्युत केन्द्रको १८ करोड ८० लाख फर्पिङ्ग जलविद्युत केन्द्रको १० करोड ५८ लाख लमही सबस्टेशनको ८ करोड ४० लाख सुनकोशी जलविद्युत केन्द्रको ४ करोड ९६ लाख पनौती जलविद्युत केन्द्रको ३ करोड २० लाख स्वयम्भूमा रहेको प्रयोगशाला केन्द्रको २ करोड ४० लाख मूल्य बराबरको जग्गा अतिक्रमणमा परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार अतिक्रमण हटाई हक कायम गर्ने प्रकि्रया चलिरहेको छ ।

एस लिम्बु/काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %