अचल यातायात व्यवस्था कार्यालय नारायणीका शाखा अधिकृत गणेश ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको छ । नयाँ गाडीको इजाजत दिन सेवाग्रहीसँग रकम लिँदै गरेको अवस्थामा संयुक्त टोलीले कार्यालयका रु ६३ हजार नगद घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।
कार्यालयको भारी सवारी शाखाका अधिकृत ज्ञवालीले नयाँ बाहनको सडक इजाजत दिन सेवाग्राहीसँग रकम माग गरिएको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सूचना आएपछि पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालन गरी पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले जानकारी दिएका छन् ।
सेवाग्राहीसँग रकम बुझिरहेको अवस्थामा सादा पोसाकका प्रहरीले पक्राउ गरिएका ज्ञवालीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । ज्ञवालीले केही वर्ष वीचमा घुस खाएर करौडौं कमाई सकेका छन् ।
