साउन २२ गते लिम्बुवान बन्द आव्हान

Read Time:2 Minute, 25 Second

लिम्बुवान प्रान्तिय परिषद केन्द्रिय समितिले साउन २२ गते लिम्बुवान बन्द आव्हान गरेको छ । परिषदको धरानस्थित राष्ट्रिय जनमुक्ति पार्टी कार्यालयमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । १८३१ साउन २२ गते लिम्बुवान गुमेको दिनलाई कालो दिनको रुपमा मनाउन बन्द आव्हान गरिएको आयोजकले जनाएको छ । पूर्वका नौ जिल्लालाई लिम्बुवान घोषणा नगरेसम्म निरन्तर साउन २२ गते बन्द गरिरहने परिषदको भनाई छ ।

परिषदका कार्यवाहक अध्यक्ष श्रीमती संगीता सुब्बाको अध्यक्षतामा बसेको वैठकले बन्द सफल बनाउन साउन २१ गते झापा मोरङ्ग र सुनसरीमा ६०१ मोटरसाईकल र्याली निकाल्ने भएको छ । यसैगरी राज्य र लिम्बुवानवीच भएका सम्झौताहरु कार्यान्वयन गराउन दवाव मुलुक कार्यक्रम गर्ने निर्णय समेत परिषदले निर्णय गरेको छ ।

दोस्रो पटक थपिएको म्याद अर्थात भदौ १४ गते भित्र लिम्बुवान सहितको संविधान जारी गराउन दवाव दिन परिषदले संविधानसभा अध्यक्षलाई पूर्वााचालका नौ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ६०१ कलम पठाउने निर्णय गरेको छ । साउन २१ गते पठाउन लागेको ६०१ कलमले निर्धारित समयमा संविधान लेखी सक्ने आयोजकको दाबी छ ।

यसैगरी लिम्बुवानका हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने परिषदको माग छ । कार्तिक २५ गतेदेखि मंसिर २५ गतेसम्म लिम्बुवानको ९ जिल्लामा आमसभा गर्ने निर्णय गरेको छ ।  

वैठकले लिम्बुवान प्रान्तिय याख्खा विशेष स्वायत्त परिषदको संयोजकमा डिल्ली याख्खा र सदस्य सचिवमा सन्तोष याख्खालाई मनोनयन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %