‘एक मधेश एक प्रदेश’का समर्थक र विरोधीवीच लगनगाँठो

Read Time:2 Minute, 25 Second

‘एक मधेस एक प्रदेश’ नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने धम्की दिँदै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र यसका विरोधी भनिने थरुहट सङ्घर्ष समिति र थारु कल्याणकारी सभाका बीच सहकार्य हुने भएको छ । स्वायत्तता प्राप्त प्रदेश सहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र शान्ति स्थापनाका लागि भन्दै उनीहरुले ११ सदस्सीय कार्यदल पनि बनाएका छन् ।

कार्यदलमा जितेन्द्रनारायण देव, विश्वनाथप्रसाद यादव, गोविन्द चौधरी (नवलपरासी), गोविन्द चौधरी(रौतहट), मनिषकुमार सुमन, थरुहट सम्बद्ध पक्षबाट ठाकुरिसंह थारु, उपेन्द्र गच्छदार थारु, योगेन्द्र थारु, भानुराम थारु र शैलेन्द्र थारु सदस्य रहेका छन् । सहमतिका लागि भएको बैठकमा थरुहट मधेस- तराई क्षेत्रका जातजाति समुदायको आपसी एवं स्वतन्त्र पहिचान र हितलाई ध्यानमा राख्दै  परस्पर सहमतिका आधार निर्धारण गर्न कार्यदल गठन गरिएको जनाइएको छ ।

बैठकले थरुहट मधेस-तराईको परम्परागत ऐतिहासिक र व्यावहारिक सीमाका बारेमा समान सहमति कायम गर्ने भएको छ । थरुहट मधेस-तराई क्षेत्रमा बसोवास गर्ने समस्त जातजाति र  थारु लगायत आदिवासी जनजाति मधेसी दलित अल्पसङ्ख्यक मुसलमान तथा पिछडावर्ग लगायतका समुदायका विभिन्न पक्षका बारेमा समान धारणा बनाउने पक्षमा सहमति भएको छ ।

मधेश केन्द्रित दलहरुको माग पुरा भएमा थरुहट स्वायत्त प्रदेश नबन्ने निश्चित छ भने थारुहरुको पहिचान सहितको राज्यका लागि मधेश केन्द्रित दल खुँखार विरोधी हुन । उनीहरुको सम्बन्ध अधिकार प्राप्तीका लागि भन्दा सत्ता गठजोडका लागि भएको आलोचकहरु बताउँछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %