रमजान शुरु

Read Time:2 Minute, 4 Second

मुसलमानहरुको पर्व रमजान शूरु भएको छ ।  एक महिनासम्म चल्ने रमजान पर्व साउन १७ गते देखि शुरु भएको हो । यो पर्वमा मुसलमान धर्मावलम्बीले उपवास बस्ने गर्दछन् जसलाई रोजा भनिन्छ ।

सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा सेहहरी खाई्र सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । यस महिनालाई पवित्र महिनाका रुपमा लिने गरिन्छ ।

रमजान महिना गरिब दीन-दुःखी र असहायहरुका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनालाई विश्ोष व्यवस्था गरेका छन् । अल्लाहका लागि त्याग समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनाले मुसलमानमा आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्छ । रोजा अशक्त बिरामी र बालबालिका बाहेक सबैलाई अनिवार्य छ ।


रोजा बस्ने धर्मावलम्बीहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गर्छन् । यसमा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य फित्तरा निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आफ्नो सम्पत्तिबाट अढाइ प्रतिशत जकात कर निकाल्नु पछर्ं यस्तो फित्तरा र जकात गरीब असहाय र दीन-दुःखीहरुलाई बाँड्नुपर्छ । नेपालमा रहेका मुस्लिम समुदाय पनि धर्मनिरपेक्षताका पक्षधर हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %