प्रधानमन्त्री झलनाथ खनालले एमाओवादीका ९ र फोरमका १ मन्त्री थपेर मौजुदा मन्त्रीमण्डल विस्तार गरेका छन् । खनालले राष्ट्रपति डा रामवरण यादवको समुपस्थितिमा साउन १६ गते राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराएका हुन ।
सपथ लिनेहरु यसप्रकार छन्
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा गृह
पोष्टबहादुर बोगटी सूचना तथा साचार
लोकेन्द्रबहादुर बिष्ट मगर स्वास्थ्य तथा जनसङ्ख्या
पम्फा भुसाल शान्ति तथा पुनःनिर्माण
हिसिला यमी भूमिसुधार तथा व्यवस्था
लेखराज भट्ट विज्ञान तथा प्रवििध
जयपुरी घर्ती मगर महिला बालबालिका तथा समाजकल्याण
महेन्द्र पासवान उद्योग
ओनसरी घर्तीमगर युवा तथा खेलकुद र
विजयकुमार यादव वाणिज्य तथा आपूर्ति
वाणिज्य तथा आपूर्ति मन्त्री यादव फोरमबाट बाँकी सबै मन्त्रीहरु एनेकपा माओवादीका हुन । प्रधानमन्त्री खनालले उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई बेग्लाबेग्लै सपथ गराएका थिए । समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्वाङ्ग, मन्त्रीहरु, सरकारका सचिवहरु तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्षद्वय मोहन वैद्य र डा बाबुराम भट्टराई, महासचिव रामबहादुर थापा लगायत उपस्थिति थिए ।
