संघीय शिक्षाबारे उर्जा मन्त्री विष्ट

Read Time:1 Minute, 36 Second

ऊर्जामन्त्री गोकर्ण विष्टले केन्द्रीकृत शिक्षा नीतिको विकल्पमा समावेशी शिक्षा नीतिलाई सङ्घीयताको अवधारणामा समेटिनुपर्ने बताएका छन् । विश्व आदिवासी दिवसको एकमहिने कार्यक्रमअन्तर्गत ‘नयाँ नेपालको सङ्घीय शिक्षा प्रणालीः आवश्यकता र चुनौती’ विषयक अन्तकिर््रया कार्यक्रममा मन्त्री विष्टले शिक्षा नीति एकात्मक ढाँचाको हुँदा सबै जाती भाषा क्षेत्र र संस्कृतिलाई समेट्न नसक्ने धारणा राखे ।

कार्यक्रममा मन्त्री विष्टले  सर्वसुलभ र आत्मनिर्भर शिक्षा प्रणालीका कुरा सङ्घीयताबाट मात्रै सम्भव हुने बताए । सङ्घीयतालाई भूगोलको विभाजनका रुपमा मात्र नबुझ्न आग्रह गर्दै मन्त्री बिष्टले सबै तहमा अधिकारको समान वितरण गर्न पनि मुलुकलाई सङ्घीयतामा लैजानुपर्नेमा जोड दिए ।

आदिवासी जनजाति विद्यार्थी महासङ्घले गरेको कार्यक्रममा झकेन्द्र घर्तीमगरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका  उपाध्यक्ष झकबहादुर थापामगरलाई सम्मान गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %