जिम्मेवारी संविधानसभा भवन तिर सभासदहरु बजार अनुगमन तिर

Read Time:2 Minute, 32 Second


काठमाडौं/एस लिम्बु


भदौ १४ गते भित्र संघीय नेपालको समावेशी संविधान लेख्ने कसम खाएका सभासदहरु संविधान लेखनकार्य थाँती राखेर बजार अनुगमन जाने भएका छन् । अनुगमन गर्ने निकायको कार्यक्षेत्र मिच्दै सभासदहरुले साउन १६ गतेदेखि  बजार अनुगमन गर्ने तयारी गरेका हुन् ।

संसदको अर्थ र श्रम सम्बन्ध समिति अन्तर्गत श्रम यातायात उद्योग वाणिज्य र आपूर्ति उपसमितिले भोली देखि बजार अनुगमन गर्ने निर्णय गरेको छ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि रोक्नुपर्ने खाद्य वस्तुको गुणस्तर तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्नुपर्ने र कालोबजारी गर्नेलाई तुरुन्त कारवाही गर्नुपर्ने ठहर गर्दै बजार अनुगमन थाल्ने निर्णय गरेको उपसमितिकी संयोजक शान्ता बस्नेत अधिकारीले जानकारी दिइन ।

सरकारी निकायको कार्यक्षेत्र मिच्दै किन अनुगमन गर्न लाग्नुभएको  भन्ने प्रश्नमा अधिकारीले सरकारी निकायलाई सहयोग पुर् याउनकै लागि अनुगमन गर्न लागेको जिकिर गरिन् । सिँहदरबारमा साउन १५ गते बसेको बैठकले भोलि दुधमा हुने गरेको मिसावटको वारेमा अनुगमन गर्ने निर्णय गरेको छ । तर वाणिज्य विभागका एक उच्च अधिकृतका अनुसार जिल्ला प्रशासन कार्यालय नगरपालिका वाणिज्य विभाग गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई मात्रै बजार अनुगमन गर्ने कानुनी अधिकार छ ।

सभासदहरु संविधान लेखनका चटक्कै छाडेर िहंड्दा पनि अधिकारकर्मीहरु मौनता साँधेर बसेका छन् । दवाव दिनुपर्ने बेलामा कान तेल हालेर सुतेपछि संविधानसभाको म्याद सकिन एक  दिन बाँकी छँदा संविधानसभा घेर्नुको के अर्थ ?

lhDd]jf/L ;+ljwfg;ef ejg lt/ ;ef;bx? ahf/ cg’udg lt/

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %