२९ जलाई हंगकंग
नेपाल आदिवासी जनजाति महासंघ हंगकंगले १७ औ विश्व आदिवासी दिवस मनाउनको लागि नेपालबाट चर्चित समाजशास्त्री तथा आदिवासी जनजाति आन्दोलनका अगुवा डा. कृष्ण भट्टचनलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेको जानकारी जोर्डनमा पत्रकार सम्मेलन गरी गराईयो । आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरले जानकारी अनुसार, ७ अगस्टमा खुला कार्यक्रम गरिनेछ भने अर्काे दिनको अन्र्तरक्रिया कार्यक्रममा डा। भट्टचनले आदिवासी जनजातिको बारेमा एक कार्यपत्र पनि प्रस्तुत गर्नेछन् ।

डा. भट्टचनले समाजशास्त्र तथा मानव शास्त्र केन्द्रीय विभागमा सन् १९८१ मा विभागको स्थापना भए देखी प्राध्यापन गर्दै आएकाछन् । उनी उक्त विभागको पूर्व विभागीय प्रमुख पनि हुन् । उनले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नीयाको बर्कले स्थित क्यालिफोर्नीया विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधी गरेकाछन् । उक्त डिग्री उनले सन् १९९३ मा प्राप्त गरेकाहुन् । नेपालको त्रिभुवन विश्वविद्यालय, भारतको बनारस हिन्दू विश्वविद्यालय, अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालय र संयुक्त अधिराज्यको योर्क विश्वविद्यालयहरुबाट डिग्री लिएका भट्टचनको नाम सुन्नासाथ मै हुँ भन्ने अच्छाखासाको होस उड्नेगर्छ । विशेषगरि नेपालको जातीय एकाधिकार विरुद्ध प्रमाण सहित पेश हुने उनको आक्रामक शैलीले त्यस्तो गराएको हो । उनको यहि शैली कारण उनलाई बाहुन बौद्धिकहरु ‘दिमाग चाटने’ ब्यक्ति को रुपमा प्रचार गर्छन् ।

डा. भट्टचन
भट्टचनले त्रिभुवन विश्वविद्यालयको बृत्ति विकास कार्यक्रम, अमेरिकाको फुलब्राइट हेज छात्रबृत्ति र बेलायतको सिनीयर चेभनीङ् फेलोशीप प्राप्त गरेकाछन् जुन नेपालका औंलामा गन्न सकिनेले मात्र उक्त छात्रबृत्ति पाएकाछन् । उनले आदिवासी जनजाति, दलित, लैङ्गिक, मधेसीलगायतका सवालमा कैयन मौलिक र सम्पादित पुस्तक, लेख रचनाहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा २०० जति लेख रचना प्रकाशित गरि आफ्नो ख्याति उच्च बनाइसकेकाछन् ।
डा। भट्टचनले राष्ट्रिय र अन्र्तराष्ट्रिय गोष्ठिहरुमा दर्जनौं कार्यपत्र प्रस्तुत गरिसकेकाछन् । उनी विदेशी अध्येताहरुसंग छाती खोलेर बहस गर्न सक्ने ब्यक्ति हुन् । उनंले अन्र्तराट्रिय स्तरको संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन, डानीडा, विश्व बैंक, एस्एनभी, एक्सन एड, ए।आइ।पि।पी।लगायतका संस्थाहरुका लागि अध्ययन अनुसन्धान गरि परामर्श सेवा प्रदान गरिसकेकाछन् ।
डा। भट्टचन आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायतका समुदायको हक अधिकारका लागि लड्दै आएका बौद्धिक लडाका हुन् । ंउनी भाषिक अधिकार आन्दोलनको पूर्व सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघको पूर्व सल्लाहकार, प्रा। सन्त बहादुर गुरुङको संयोजकत्वमा गठित जनजाति उत्थान प्रतिष्ठान कार्यदलको पूर्व सदस्य, जनजाति विकास–समन्वय समितिको पूर्व सदस्य र हाल नेपाल आदिवासी÷जनजाति बृहत मोर्चा, नेपालको सचिव पनि हुन् । उनी प्रखर र निडर बक्ताका साथै बाहुनवाद, पितृसत्ता भाषिक, धार्मिक र क्षेत्रगत एकाधिकारवादको खरो विरोधी हुन् ।
७ अगस्टको हङकङको समय अनुसार बेलुकी 6:30 मा शुरु हुने कार्यक्रमको राज्यसत्ता डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ । चर्चित नेता भट्टचनको भाषण यसपटक राज्यसत्ता डटकमले विशेष प्रविधि मार्फत लाइभ शो देखाउन गैरहेकोले नजर गर्न नभूल्नुहोला ।
भीम थापा मगर
