यस्तो छ अरुको भन्दा पृथक रुपन्देहीको ‘आदिवासी दिवस’

Read Time:3 Minute, 58 Second

१४ साउन
राज्यसत्ता माथि दवाव दिने गरी १७ औं विश्व आदिवासी दिवस रुपन्देहीमा विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो सार्वजनिक गरेको हो  । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देही अध्यक्ष होमबहादुर गलामीले दिवसलाई अवसरका रुपमा उपयोग गदै राज्य सत्तामाथि दवाव दिइने बताए । उनले नेपालका आदिवासीले आप्mनो भाषा, धर्म, संस्कृति, रीतिरिवाज संरक्षण र विकासका साथै शिक्षा, स्वाथ्य, वातवरण, मानव अधिकार, सामाजिक र राजनैतिक अधिकार, राज्यसत्ता सबै तह र तप्कामा पहिचान सहितको समानुपातिक प्रतिनिधित्व र पहुचलगायतका माग संम्बोधन गराउन दवाव दिने बताए ।
दिवसको अवसरमा रुपन्देहीमा आदिवासी जनजाति युवा महासंघ रुपन्देहीको आयोजना बुटवलमा साउन १५ गते ‘राज्य पुनसंरचनामा आदिवासी जनजातिका सवालहरु’ विषयक अन्र्तक्रिया, १६ र १७ गते कालिका चलचित्र हल राजमार्ग चौराहा बुटवलमा दिवसको सहयोगार्थ जीवनलिला चलचित्रको च्यारिटी सो, १८ गते गुरुङ सभा हल सिद्धार्थनगरमा राजनैतिक दलका नेताहरु संग अन्तरक्रिया, १९ गते पर्रोहामा ‘नया संविधानमा सुनिश्चित गरिनुपर्ने आदिवासी जनजातिका अधिकारहरु’ विषयक विशेष कार्यक्रम गरिने भएको छ ।
त्यसैगरी साउन २० गते नेपाल मगर संघ बुटवलनगर समितिको हल अमरभवनमा धर्म निरपेक्षता सिद्धान्त र चुनौती विषयक कार्यक्रम, २१ गते बुटवल, भैरहवा र पर्रोहामा रक्तदान, २३ गते अनिज स्थापनाको सन्दर्भमा रुपन्देहीका संचार माध्यमका सम्पादक तथा समाचार प्रमुख हरुसंग ‘संचारमा आदिवासी जनजातिको आवाज’ विषयक अन्र्तक्रिया तथा मोटर साईकल ¥याली र दिवसको दिन २४ गते पुष्पलाल पार्क बाट ११ बजे ¥याली सुरु भई सिद्धेश्वरीको मैदानमा बृहत् मुल समारोह कार्यक्रम गरिने भएको छ । दिवसको दिन एकल जातिय झाकी र सास्कृतिक कार्यक्रमहरु हुने छन् ।
अनिजका अध्यक्ष भिम गुरुङको अध्यक्षता, उपाध्यक्ष हिक्मत चौधरीको स्वागत र सचिव टेक मास्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको  थियो ।
यसैबीच नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीको बैठकले पत्रकार देवपाटा स्मृति पुरस्कार छनौट समिति गठन गरेको छ । अनिजका केन्द्रिय सदस्य सरु रानाको संयोजकत्वमा अनिज रुपन्देही उपाध्यक्ष हिक्मत चौधरी र सदस्य प्रविण गाहा रहेको समिति छनोट गरेको छ । राज्यसत्ता साप्ताहिकका संस्थापक सम्पादक तथा प्रकाशक पाटाको दुई बर्ष अघि सवारी दुर्घटनामा मृत्यु भएकोथियो । उनी अनिज रुपन्देहीका पनि संस्थापक अध्यक्ष हुन् ।

गोविन्द घर्ती रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %