अधिकारका लागि जुर्मराउनु पर्ने आदिवासी\जनजाति, दलित, मधेशी, महिला र धार्मिक अल्पसंख्यकहरु कुम्भकर्ण निन्द्रामा सुतिरहेका बेला शान्ति पार्टी नेपाल भने आन्दोलनमा उत्रेको छ । बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुकलाई मात्र हिन्दुहरुको देश बनाउनु पर्ने भन्दै उनीहरुले साउन १३ गते आन्दोलन घोषणा गरेको हो ।
शान्ति पार्टीका संयोजक देवीप्रसाद आचार्यका अनुसार यही साउन १४ गते संविधानसभा भवनअगाडि धर्ना दिने र साउन १५ गते राष्ट्रपति प्रधानमन्त्री र संविधानसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
पिछडिएका समुदायलाई अधिकार दिन ल्याइएको आरक्षण र समावेशीताको सिद्धान्तलाई सरकारले खारेज नगरे साउन १६ गते अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने आचार्यको भनाई छ ।
