‘नेपालमा संघिय प्रणाली लागु हुन सक्दैन ‘— एमाले नेता प्रदिप नेपाल

Read Time:1 Minute, 12 Second

पाल्पा, १२ साउन
संविधानसभाबाट देशलाई संघीयकरण गर्न लागिरहेको ऐतिहासिक परिप्रेक्ष्यमा नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रदीप नेपालले नेपालमा संघियता प्रणाली
लागु हुन नसक्ने बताएकाछन् । एकिकृत नेकपा माओवादीका नेताहरुमा रहेको सामन्तवादी सोचाईमा परिवर्तन नआएसम्म नयाँ संविधान जारी हुन नसक्ने उनको दाबी छ ।
सचेतना समुहद्धारा प्रकाशित न्युज पाल्पाको पहिलो वार्षिकउत्सवको अबसरमा आज तानसेनमा भएको  कार्यक्रममा बोल्दै एमाले नेता नेपालले आत्मनिर्भर भएको
देशमा मात्र संघियता लागु गर्न सकिने दावि गरे । मुलुकमा गणतन्त्र आएपनि
यहाँका नेतामा सामन्तवादी दिमाग नहटेको उल्लेख गर्दै जवसम्म मानिसको मन
परिवर्तन हुदैन तवसम्म जुन तन्त्र आएपनि नेपाली जनतालाई छुन नसक्ने उनको भनाई थियो ।
देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %