भट्टचनले हङकङमा पनि ‘दिमाग खराव’ गर्ने

Read Time:1 Minute, 32 Second

२७ जुलाई
नेपालमा बाहुनवाद विरुद्ध बौद्धिक संघर्ष गरिरहेका सत्ताधारी जातिका अप्रिय डा. कृष्ण भट्टचन हङकङमा आफनो चिरपरिचत अदांजमा पेश हुने भएकाछन् । जातीय सत्ता बचाउन हरेक हत्कण्डा अपनाइरहेका सत्ताधारी जातिहरुको धोती टुप्पी गराइदिने हुनाले उनलाई नेपालमा ‘दिमाग खराब गर्ने’ जनजाति बौद्धिकको उपमा भिडाइएकोछ । आदिवासी जनजाति महासंघ हङकङले यहि ७ अगष्टमा मनाउन गैरहेको आदिवासी दिवसमा आमन्त्रित गरिएका भट्टचनले यहाँ पनि दिमाग खराव गर्ने खासखुस चलिसककोछ ।


त्रिभुवन विश्वविद्यालयका  समाजशास्त्रका प्राध्यापक भट्टचनले यसअघि विश्वका प्रमुख राष्ट्रहरुमा गई नेपालको आदिवासी संघर्ष, तीनका पीडा र समस्या उजागर गर्न महत्वपर्ण भूमिका अदा गरेको बताइन्छ ।
आदिवासीवादका हिमायती भट्टचनलाई सुन्न उनको खरो स्वभाव मन पराउने  नपराउने दुबै समूहहरुको भब्य जमघट लाग्ने अनुमान गरिएकोछ । स्रोतका अनुसार भट्टचन भर्खरै गठन गरिएको  आदिवासी जनजाति पत्रकार संघ हङकङको विशेष कार्यक्रममा पनि प्रमुख वक्ता हुनेछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %