फुटबलमा नेपाल दक्षिण एसियाको डन

Read Time:2 Minute, 7 Second

Exclsive:-७ साउनमा भएको खेलमा जोर्डनसँग ०-९ गोल अन्तरले पराजित भएपनि फिफा र्याकिङ्गमा नेपाल १२ स्थानमाथि उक्लिएको छ । फिफाले २७ जुलाईमा गरेको र्याकिङ्ग अनुसार नेपाल १३६ औं स्थानमा छ । यसअघि नेपाल १४८ औं स्थानमा थियो । एएफसी च्यालेन्जकपमा गरेको राम्रो प्रर्दशनको आधारमा नेपाल माथि उक्लिएको हो ।

उता घरेलु मैदानमा नेपाललाई फराकिलो अन्तरले हराएको जोर्डन भने सातस्थान तल झरेर ९१ औं स्थानमा पुगेको छ । यसअघि जोर्डन ८४ औं स्थानमा थियो । यसअघि ६४ स्थान फरक रहेको नेपाल र जोर्डनवीचको दुरी ४५ स्थानमा आएको छ । जोर्डनसँग साउन १२ गते नेपालले दशरथ रंगशालामा दोस्रो लेग खेल्दैछ ।

यसअघि नेपाल भन्दा एकस्थानअघि रहेको भारत अहिले नेपाल भन्दा १७ स्थान तल अर्थात १५३ औं स्थानमा पुगेको छ ।

२०१० को विश्वकप विजेता स्पेन पहिलो स्थानमा छ भने त्यसपछि क्रमशः नेदरल्याण्ड, जर्मनी, ब्राजील, उराग्वे, इङ्गल्याण्ड, पोर्चुगल, इटली, क्रोसिया तथा दशौं स्थानमा अर्जेन्टिना छ ।   
सबैभन्दा पुछार अर्थात २०३ औं स्थानमा सानमारिनो, मोनसेराट, एण्डोरा, अमेरिकन सामोवा छन् भने पूर्वी टिमोर २०२ औं स्थानमा छ । पूर्वी टिमोरलाई विश्वकप छनौट चरणको पहिलो चरणको लेगमा नेपालले ५-० र २-१ गोल अन्तरले हराएको थियो ।

दक्षिण एसियाली देशहरुमा बंगलादेश १४७, माल्दिभ्स १६०, पाकिस्तान १७१, श्रीलंका १७६, अफगानिस्तान १७९ र भुटान २०१ औंस्थानमा छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %