मकवानपुरका चेपाङ्गलाई आवास गृह

Read Time:1 Minute, 17 Second

सरकारले चेपाङ समुदायका लागि २०० आवास निर्माण प्रारम्भ गरेको छ । जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाको हाँडीखोला गाविसमा २२, मनहरामा ३५, काँकडामा ५३, रािक्सराङमा ६३ र सरिखेत पलासेमा २७ वटा आवासगृह निर्माण हुने भएको हो । छनोटमा परेका प्रतिचेपाङ परिवारले सरकारले तोकेको मापदण्डअनुसार आवासगृह निर्माण गर्न करिब रु एक लाख ५५ हजार अनुदान पाउने छन् ।

यसरी आवास निर्माण गर्दा उनीहरुले रु १० हजार बराबरको श्रमदान बेहोर्नुपर्ने बताइएको छ । उक्त आवासगृह निर्माणका लागि पहिलो चरणअन्तर्गत प्रत्येक चेपाङ परिवारलाई जनही रु ३८ हजार १३६ बराबरको अनुदान रकम उपलब्ध गराइएको तालिम केन्द्रका वरिष्ठ अधिकृत दिगम्बर ठाकुरले बताउनुभयो । आदिवासी जनजाति समुदायका नेताहरुले भने चेपाङहरुलको राजनीतिक अधिकारमा जोड दिन माग गर्दै आएका छन् । <

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %