नक्कली सवारी साधन चालक अनुमतिपत्र बनाउने गिरोहका नाइके श्रीधर शर्मालाई इलाका प्रहरी कार्यालय कावासोतीले पक्राउ गरेको छ । नेपाली काँग्रेसका पूर्वसांसद दुर्गादेवी भट्टराईका छोरा श्रीधर रंगेहात पक्राउ परेका हुन ।
प्रहरीले ‘नवलपुर ड्राइभिङ’मा छापा मार्दा सवारी चालक अनुमतिपत्र बनाउन चाहिने यातायात व्यवस्था कार्यालय लुम्बिनीको छाप एक थान, शाखा अधिकृतको छाप एक थान, सवारी चालक अनुमतिको प्रमाणपत्र पाँच थान, डाक्टरले उपलब्ध गराउने निरोग्यताको प्रमाणपत्रलगायतका नक्कली कागजात तथा छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय नवलपरासीका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् ।
प्रहरीले उक्त स्थानबाट एक थान कम्प्युटर र बा२च ७८७८ चोरीको कार पनि बरामद गरेको छ । प्रहरीले श्रीधरसँग कार्यरत दुई कर्मचारीलाई पनि घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । श्रीधर आफ्नी आमा दुर्गादेवीमार्फत काँग्रेस नेताहरुसँग च्यानल मिलाएर नक्कली धन्दा संचालन गर्दै आएका थिए ।
