हङकङमा पनि आफ्नो पीडा आफै लेख्न आदिवासी पत्रकार संघ गठन

Read Time:2 Minute, 31 Second

२४ जुलाई, हंगकंग
आदिवासी जनजातिहरु बहुसंख्यामा बसोबास गर्ने हङकङमा पत्रकारहरुको संख्या पनि जनजातिकै बर्चश्व छ । दश बर्ष देखि चलिरहेको दुईटा साप्ताहिक पत्रिकाको सम्पादक प्रकाशक जनजातिका हुन् । करिब दश वटा जति समाचार पोर्टल मध्ये ९९ पतिशत जनजातिले संचालन गरिरहेकाछन् । तर जनजातिको मुद्दामा भने लविङ राम्ररी हुननसकेको महसुस गरिएको जनजाति पत्रकारहरु बताउँछन् ।

त्यहि कमी पूरा गर्न सनराइज साप्ताहिकको कार्यालयमा एक भेला गरी सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङको संयोजकत्वमा आदिवासी जनजाति पत्रकार संघ हङकङ तदर्थ समिति गठन भएको छ । सदस्य सचिवमा मूलबाटो डटकमका अधिराज राई छन भने सदस्यहरुमा राज्यसत्ता डटकमका भीम थापा मगर, हङकङ नेपाली डटकमका नेत्र पहराई,तुलसे राना मगर,मुलबाटो डटकमका किन्दर राई, लोक नारायण जोसी, पीताम्वर राई,कल्पना तुम्रोक, बगैंचा डटकमका नरेश सुनुवार, जेपीटि डटकमका  लक्ष्मण गुरुङ, डिसी नेपालका गज गुरुङ, नेप्सटाईम डटकमका मीन थापा, सन्तोष तामाङ, मफन डटकमका  विक्रम गुरुङ,  खोटाङ डटकमका पवित्रा राई, मेरो स्याङजाका मुक्कजी गुरुङ, फ्रिलान्सर चन्द्र दुमी राई,  यूक कृष्ण राई छन् ।
कान्तिपुरका निर्मल श्रेष्ठ, एभरेष्ट साप्ताहिका किसन राई, एचकेनेपाल डटकमका अम्बु गुरुङ र आलोपालो डटकमका देवराज राईलाई मनोनयन गरेर राखिएपनि उनीहरुले फोन गरि समितिमा नबस्ने जनाएकाछन् । उनीहरुलाई समितिबाट निकालिसकिएको छ ।
आगामि ३ महिना भित्रमा अबिधेशन गर्ने गरी विधान मस्यौदा तयार पार्नको लागि राज्यसत्ता डट कमका भीम थापा मगरको संयोजकत्वमा विधान मस्यौदा समिति चयन गरिएको छ । नेत्र पहराई, किन्दर राई, नरेश सुनुवार सदस्य रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %