पाल्पा असार ७
पाल्पा जिल्लाबाट २०६७ सालको एसएलसी परीक्षामा विशिष्ठ तथा प्रथम श्रेणीमा उत्र्तीण १ सय १५ जना मगर विद्यार्थीहरु सम्मानित भएका छन् । नेपाल मगर विद्यार्थी संघ पाल्पाद्धारा आयोजित सम्मान कार्यक्रममा ३० जना विशिष्ठ श्रेणी र ८५ जना प्रथम श्रेणीमा उर्तीण मगर विद्यार्थीहरु सम्मानित भएका हुन् । कार्यक्रममा विद्यार्थीहरुलाई तक्मा र प्रमाण पत्रले सम्मान गरिएको थियो । छात्र तर्फ जिल्ला सर्वोकृष्ठ भएका ललित पुन मगरलाई भने पाल्पाली करुवा तक्मा र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रेखिराम राना मगरले दलहरुको बेमेलले गर्दा संघीयता धर्म निरपेक्षता लगायतका उपलब्धिहरु गुम्ने अवस्था आएको बताए । राना
मगरले राज्यको पुनसंरचना गर्दा जातिय भाषिक पहिचान र सामथ्र्यको आधारमा गरेमा मात्र उत्पीडित जाति तथा समुदाय माथि उठ्न सक्ने बताए ।
तानसेनमा आयोजित सम्मान कार्यक्रका विशिष्ठ अतिथि संघका पूर्व अध्यक्ष भोजविक्रम बुढामगरले हिजो विश्व युद्ध लडेर तक्मा लगाएका पुर्खाहरुका सन्तानहरुले आज शैक्षिक सफलताको तक्मा लगाउन सफल भएको बताए ।
नेपाल मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष धनी सारु मगरको अध्यक्षता चलेको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य लाल कुमारी राना मगर, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाका अध्यक्ष गम बहादुर थापा मगर, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ पाल्पाका अध्यक्ष सौन्दर्यवती शाक्य, नेपाल मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहा मगर, संघका सल्लाहकार बलबहादुर राना मगर, आदिबासी जनजाति विद्यार्थी महासंघ पाल्पाका अध्यक्ष राज कुमार आले मगर, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष राजेश कुमार अर्याल, असबीर सारु मगर ,त्रिरत्नलाल शाक्य, खेम सारु मगर ताराजीत सूर्यबंशी मगर, हरि बहादुर सारु मगर, पुष्पा थापा मगर सम्मानित विद्यार्थीहरु ललित पुन मगर कमला सुनारी मगरले पनि बोलेकाथिए ।
हरि बहादुर सारु मगर
